२०८१ पुष ११

गुरुकुल शिक्षाको विकासमा ध्यान दिन्छौंः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ पुष १०, बुधबार ११:०५ गते

कपिलवस्तु १० पुस ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताएका छन् । शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरुको स्तरोन्नतीकालागि प्रदेश सरकारले ध्यान दिने बताएका हुन् ।‘प्रदेश भित्र रहेका प्राचिन विद्या केन्द्रहरुको अध्ययन गरेर यसको स्तरोन्नतीकालागि सरकाले योजना बनाउछ’उनले भने,‘यहाँ पढाइहुने बिषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्ने छ ।’ कपिलस्तुको खरेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हुदै आएको छ । माथिल्लो कक्षाकालागि स्वर्गद्वारी पठाउने गरिएको छ । मुख्यमन्त्री आचार्यसंग खरेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्राबास निर्माणकोलागि आग्रह गरिएको छ ।‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउछौं भन्ने आशा छ’पाठशालामा कार्यरत चुडामणी पोख्रेलले भने,‘बहुउपयोगी धर्मशाला र छात्राबास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्ने छ ।’ प्रदेश सरकारले चालु आर्थिक बर्षमा भौतिक सुधारकालागि दश लाख बजेट विनियोजन गरेको छ ।