२०८१ माघ १०

लुम्बिनी प्रदेशको वित्तिय उत्तरदायित्व विधेयक समितिमा पठाइयो
  • लुम्बिनी खोज
  • २०८१ माघ ९, बुधबार १३:५० गते

बुटवल ९ माघ ।
लुम्बिनी प्रदेश सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
बुधवार सम्पन्न लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेसनको छैठौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभाले विधेयकलाई दफावार छलफलकालागि समितिमा पठाईयोस भन्ने प्रस्ताव पारित गरेको सभामुख तुलाराम घर्तीमगरले जानकारी गराएका छन् । सभामा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले थारु आयोगको पाँचौं र छैठौं वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदनहरु सभामा पेश गरेका छन् ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सभामा उठेका सवालहरुको जवाफ दिएका थिए । उनले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अख्तियारी एक हप्ता भित्र कार्यान्वयनाम आउने जानकारी दिए । महिला परिषद् गठनको बारेमा पनि कानूनी आधार निर्माण गरेर अघि बढाउने बारेमा धारणा राखेका थिए ।
प्रदेशसभा सदस्यले समसामायिक विषयमा विशेष समयमा बोल्दै विभिन्न बिषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।