२०८२ बैशाख २६

अक्सफोर्ड माविको ३४ औं वार्षिकोत्सव
  • लुम्बिनी खोज
  • २०८१ फाल्गुन ४, आईतवार ०८:१८ गते

बुटवल ।
बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले आफ्नो स्थापनाको ३४ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बिहीबारदेखि विभिन्न चरणमा कार्यक्रम गर्दै आएको विद्यालयले शनिबार मुल समारोह गरेर आफ्नो ३४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
मुल समारोहको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शिक्षाको क्षेत्रमा तिब्र रुपमा विकास भएको उल्लेख गर्दै युग सुहाँउदो शिक्षा आजको आवश्यकता भएको बताए । पछिल्लो समयमा मानिसलाई नै चुनौति दिने गरि सुचना र प्रविधिको विकास भएको उल्लेख गर्दै समय सुहाउँदो र मागअनुसारको शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । उनले शैक्षिक क्षेत्रको विकासकालागि संस्थागत विद्यालयहरुले खेलेको भुमिका अतुलनीय रहेको बताउँदै त्यसमा अक्सफोर्ड माविले खेलेको शैक्षिक अभ्यासको प्रशंसा गरे ।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा ब्यवस्थापन कार्यालय लुम्विनीका प्रमुख रमाकान्त तिवारीले संस्कारको विकास र शैक्षिक विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचमा सहकार्य आवश्यक रहने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयहरुलाई प्रतिस्प्रर्धी संस्थाका रुपमा नभई सहयात्री विद्यालयका रुपमा हेर्नु पर्ने उनले बताए ।
कार्यक्रमयमा विद्यालयका प्राचार्य दिनेश भुसालले गुणस्तरीय शिक्षासँगै संस्कार सहितको शिक्षालाई जोड दिदैं आएको बताए । उनले विद्यार्थीको चौतर्फि विकासकालागि विद्यालयमा समय सापेक्ष सबै खाले गतिविधिलाई जोड दिदै आएको उल्लेख गरे। उनले अभिभावक, शिक्षक र विद्यार्थीको चाहना र आवश्यकताका आधारमा भविष्यमा अक्सफोर्डलाई अक्सफोर्ड विश्वविद्यालयका रुपमा विकास गर्ने गरि योजना बनाई रहेको पनि बताए ।


विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडे, राष्ट्रिय परिक्षा बोर्ड परिक्षा ब्यवस्थापन कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारी, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ लुम्विनी प्रदेश अध्यक्ष हेमबहादुर थापा, अभिभावक संघका रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सैनामैना शिक्षा शाखाका राधा बेल्बासे, विद्यालयका संस्थापक प्राचार्य यज्ञमुर्ति पाण्डे, कालिका क्याम्पस प्रमुख घनश्याम पाठक, दीप बोर्डिङ हाइ स्कुलका प्राचार्य टिकाराम न्यौपाने, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, अक्सफोर्डका सहप्राचार्य मोहन खनाल क्षेत्री, प्राध्यापक सुमन भुसाललगायतले शैक्षिक क्षेत्रको विकासकालागि संस्थागत विद्यालयले खेलेको भुमिका उल्लेखनीय रहेको चर्चा गर्दै अक्सफोर्डले गुणस्तरीय शिक्षाकालागि ठुलो योगदान दिएको बताए ।