२०८१ फाल्गुन २८
बुटवल ४ फागुन ।
लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्ने भएका छन् । फागुन ५ गते सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्ने प्रदेश सभाले जनाएको छ । विशेष सम्बोधनका लागि केही दिन अगाडी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत निम्ता पत्र पठाइएको थियो । प्रधानमन्त्रीको आगमन र सम्वोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् ।
बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरि बैठक बस्ने कार्यसूची तयार भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गर्नुगरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।