२०८२ बैशाख ६
बुटवल, ४ बैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्रलाई थप बलियो बनाउनकालागि संविधान संशोधन आबश्यक रहेको बताएका छन । बिहीबार रुपन्देहीको भैरहवामा प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले जनताले पाएका अधिकार खोस्ने गरि होइन थप पूर्णअधिकार दिने गरि लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनका लागि संविधान संशोधन आबश्यक रहेको बताएका हुन । पूर्व प्रधानमन्त्री प्रचण्डले देशमा आएको गणतान्त्रिक व्यवस्था कसैले दान ,दक्षिणा दिएको नभई यो व्यवस्था नेपाली जनताको बलिदानी, संघर्षबाट प्राप्त भएको तर्क गरे ।
“यो संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्थामा व्यवस्थामा सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको हक अधिकार संविधानमा सुनिश्चित रहेकोले यो व्यवस्थालाई संस्थागत गर्नु अति आवश्यक प्रचण्डको भनाई रहेको छ ।”
गणतन्त्रको रक्षाको निम्ति हामी आम नेपालीहरु एकजुट भएर प्रतिक्रियावादी विरुद्ध उभिनु आजको आवश्यकता रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूह निस्तेज भइसकेको टिप्पणी गरेका छन । अध्यक्ष प्रचण्डले भने “चैत १५ गते राजावादी समूहले आयोजना गरेको कार्यक्रमबाटै उनीहरू निस्तेज भएका छन ।
चैत १५ मा नै गणतन्त्रवादी शक्तिहरूले आयोजना गरेको कार्यक्रमले उनीहरूसँग प्रतिवाद गरेको भन्दै राजावादी शक्तिले अब टाउको उठाउन सक्दैनन ।”
यसैगरी, अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन । गर्भनर नियुक्तिमा स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उहाँले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिए ।