२०८२ जेष्ठ २५
बुटवल १३ जेठ ।
सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवस प्रेस सेन्टर नेपालले विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाएको छ । सेन्टरको केन्द्रीय समितिको आयोजना, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश समितिको सहभागितामा मंगलबार काठमाडौँको साथै देशभरका जिल्ला समितिको आयोजनामा ‘महान् सहिद कृष्ण सेन ‘इच्छुक’को २३ औँ स्मृति दिवस’ कार्यक्रम मनाइएको हो ।
रुपन्देहीमा मनाइयो कृष्ण सेन स्मृति दिवस
प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन ुइच्छुकु दिवस मनाएको छ । तस्विरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा इच्छुकको योगदानको विषयमा चर्चा गर्दै कृष्ण सेन ुइच्छुकु स्मृति दिवस मनाइएको संगठनले जनाएको छ ।
प्रेस सेन्टर नेपालका पुर्व केन्द्रीय उपमहासचिव तथा नेपाल पत्रकार महासंघ रूपन्देही पुर्व अध्यक्ष यानेन्द्र जिसीले कृष्ण सेन ुइच्छुकुहरुको बलिदानको जगमा नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रता अडिएको बताए । दशवर्षे जनयुद्ध र तत्कालिन अवस्थामा पत्रकारिता क्षेत्रमा राज्यले गरेको हस्तक्षेप, पत्रकारमाथि धड्पकड़ र पत्रकार हत्याका शृंखलाहरूको स्मरण गर्दै पत्रकार जिसीले कृष्ण सेनले देखाएको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए ।
अहिलेको सहज अवस्थाको सहि ढंगले सदुपयोग गर्न र जनताको पक्षमा दृढतापुर्वक कलम चलाउन आग्रह गर्दै उनले सत्ताको निगरानी र खबरदारी गर्ने काममा पत्रकार चुक्न नहुने विचार व्यक्त गरे ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्यहरु सरु राना, रमेश पोखरेल, संजय सौगातसहित जिल्ला पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष विष्णु पोखरेलले देशका सिमित क्रान्तिकारी योद्धाको सूचीमा कृष्ण सेनको नाम अग्रस्थानमा आउने बताए । कृष्ण सेनको गिरफ्तारी र उनको हत्या नेपालको पत्रकारिता क्षेत्रलाई आतंकित पार्ने र आफ्नो स्वार्थमा प्रयोग गर्ने तत्कालिन शाही सरकारको असफल कदम रहेको उनले बताए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारको घोषणा समेत गरेको छ । पुरस्कार छनौट सिफारिस समितिको सिफारिस बमोजिम कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार नरेन्द्रजंग पिटर, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा रेडियो नेपालमा कार्यरत रुबी श्रेष्ठ र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट नयाँ पत्रिकामा कार्यरत मनि विश्वकर्मा छनौट भएका छन् ।