२०८२ असार १

समाज सेवाको भावना जागृत गर्न आह्वान
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ १७, शनिबार ०७:५९ गते

बुटवल १७ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनः जागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले समाज सेवाको भावना हराउँदै जाँदा मानवीय सेवा समेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गरे ।
समाज सेवाको भावना कता–कता हराउँदै गइरहेको छ । आदर–सम्मानको भावना पनि कता–कता हराउँदै गइरहेको छ, उनले भने, हामीले यसलाई जबसम्म पुनः स्थापित गर्न सक्दैनौं, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुराहरू करिब–करिब मेटिँदै जान थालेका छन् ।
मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनः स्थापित गर्न जोड दिए। साथै, विद्यालय–केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पु¥याउन उनले आह्वान गरे ।
रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रम अभियानकर्मि, जनप्रतिनिधि लगायतको सहभागीता थियो ।