२०८२ असार १७

जितेश्वरी टोल र आमा समूहद्धारा बृक्षारोपण
  • लुम्बिनी खोज
  • २०८२ असार १५, आईतवार १२:५७ गते

बुटवल १५ असार ।
बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण तथा सरसफाई गरेको छ ।
राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।
जितेश्वरी माध्यमिक विद्यालय परिसर, महिला आमा समूहको भवन परिसरमा निम, कदम, गुलमोहर, अमला लगायतका विरुवाहरुको बृक्षारोपण गरिएको छ भने विद्यालयको उत्तरतर्फ भैरव मन्दिर जाने सडक छेउमा व्यवस्थित चौतारी बनाउने गरी वर, पिपल र स्वामीको विरुवाहरु बृक्षारोपण गरिएको छ ।
राष्ट्रिय धान दिवसमा रोपाईँ गर्नुपर्ने भएपनि आफूहरु वातावरण संरक्षणमा टेवा पु¥याउने उदेश्यले बृक्षारोपणमा गरेको जितेश्वरी टोल विकास संस्थाका अध्यक्ष दशरथ पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालय पछाडिको सामुदायिक वनमा लगाइएको वर, पिपल र स्वामीलाई भैरहव मन्दिर जानेहरुले बिसौनी हुने गरी चौतारीका रुपमा विकास गरिनेछ । लगाइएका विरुवाहरुको टोल संस्थाले नै संरक्षण गर्ने उनको भनाई छ । विगतदेखि नै जितेश्वरी टोल संस्थाले रचनात्मक काम गर्दै आइरहेको भन्दै बृक्षारोपणले वातावरण संरक्षणमा ठूलो टेवा दिने निवर्तमान अध्यक्ष चिरन बरालले बताए । बुटवल १३ देविनगर स्थित उद्यमी कृषि सहकारी संस्थाले समेत बृक्षारोपण कार्यक्रममा सहकार्य गरेको थियो ।

बृक्षारोपणमा सामाजिक अगुवा किसन ज्ञवाली, जितेश्वरी आमा समूहका अध्यक्ष सिता कार्की, टोल संस्थाका उपाध्यक्ष नारायण प्रसाद थापा, सचिव ज्ञानबहादुर पुन, उद्यमी कृषि सहकारीका अध्यक्ष दलबहादुर लुहागुन लगायतको उपस्थिती रहेको थियो ।