२०८२ भाद्र २५
काठमाण्डौं २४ भदौ ।
जेन जी युवा पुस्ताले गरेको आन्दोलनमा दमन र नरसंहारपछि चौतर्फी आलोचना र देशब्यापी आन्दोलन झन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
उनको सचिवालयले ओलीद्वारा राष्ट्रपतिलाई पठाएको राजीनामा सार्वजनिक गरेको छ।
ओली गत वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्।