२०८२ भाद्र २६
बुटवल, २५ भदौ ।
जेन–जी युवाहरूको समूहले अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाशीश सुशीला कार्कीको नाम अघि सारेका छन्।
यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन । जेनजीहरुको आधिकारिक समूह भने टुंगो लागेको छैन ।