२०८२ भाद्र २७

५१ पुग्यो जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २७, शुक्रबार ११:२३ गते

बुटवल। २७ भदौ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । तीमध्ये ३ प्रहरी, १ भारतीय नागरिक र ९ कैदीसमेत रहेको उनको भनाइ छ ।
उक्त भष्ट्राचारविरोधी आन्दोलन गत सोमबार शुरु भएको थियो । आन्दोलनको पहिलो दिन भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर १९ जना प्रदर्शनकारीको ज्यान गएको थियो । त्यसपछि उग्र बनेका प्रदर्शनकारीले भोलिपल्ट सिंहदरवार, सर्वोच्च अदालतलगायतका सरकारी संरचनासँगै राजनीतिक दलका नेताका निजी निवासमा तोडफोड र आगजनी गरेका थिए ।

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।