२०८२ आश्विन २७
काठमाण्डौं २४ असोज ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका समाचारहरूमा सत्यता नभएको जनाएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै आइजिपीको सचिवालयले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।