२०८२ कार्तिक २४
बुटवल २४ कात्तिक ।
लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन ८ मंसिरका लागि आह्वान गर्न सिफारिस भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन ८ मंसिर सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिएका छन् ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा स्थानीय तहका कर्मचारीहरूको सेवा–सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन् । त्यसैगरी, दलित अधिकारसम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।
त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् ।