२०८२ मंसिर १५
बुटवल १५ मंसिर ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको
भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।
आज मंसिर १५ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका
अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख
कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख
रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।
२०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुर्ननिर्माण,
आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक पूर्वाधार पुर्ननिर्माण
कोषमा उक्त रकम योगदान गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले
गरेको सहयोगप्रति अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालले धन्यवाद ज्ञापन गरे ।
साथै उक्त रकम सहित कोषमा मिति २०८२।०८।१५ गतेसम्म ११ करोड ८२ लाख
जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।