२०८२ मंसिर १८

लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठ द्वारा पदभार ग्रहण
  • लुम्बिनी खोज
  • २०८२ मंसिर १७, बुधबार १५:४५ गते

लुम्बिनी १७ मंसिर ।
लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त दीपक श्रेष्ठले बुधबार लुम्बिनी विकास कोषको केन्द्रिय कार्यलयमा हाजिरी गरेर पदभार ग्रहण गरेका छन् ।
श्रेष्ठलाई सदस्य सचिवमा मनोनित प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले गरेकी हुन् । केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । संस्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
अख्तियारमा उनले ८ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरे । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादन लागि पुरस्कृत गरेको थियो। पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए ।