२०८२ पुष १७
बुटवल १७ पुस ।
बर्दियामा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट राजापुर नगरपालिका– १०, कर्मोनीकी ४० वर्षीया बालिका पुरीको ज्यान गएको हो।
बुधबार दिउँसो बाख्रा चराउन गएकी पुरीलाई हात्तीले लखेटेको थियो। हात्तीलाई देखेर भागेकी पुरी बेपत्ता थिइन्। बुधबार रातिबाट बेपत्ता भएकी पुरीको प्रहरीले खोजी गरेको थियो।
बिहीबार दिउँसो १० बजे मात्रै राजापुर नगरपालिका– १० को भगतपुरनजिकको नेपाल–भारत सिमानामा मृत अवस्थामा पुरीको शव फेला परेकोप्रहरीले जनाएको छ ।