२०८३ बैशाख ४

रेलिङ निर्माणले अप्ठारो भएको भन्दै ज्ञापन
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ९, शनिबार १२:०५ गते

बुटवल ९ फागुन ।
बुटवलको राजमार्ग चौराहा क्षेत्रमा सडक निर्माणका क्रममा रेलिङ निर्माणले अप्ठारो भएको भन्दै त्यस क्षेत्रका ब्यावसायी तथा स्थानिय वासिन्दाले सरकारी निकायमा ज्ञापन पत्र बुझाएका छन् । बुटवल– नारायणगढ सडक परियोजनाले सडक विस्तारका क्रममा बुटवल ८ र १० को राजमार्ग चौराहा क्षेत्रमा रेलिङ निर्माण अगाडी बढाएपछि ब्यवसायीहरु असन्तुष्ट बनेका हुन् । त्यस क्षेत्रका झण्डै ४० जनाले बुटवल उपमहानगरपालिका र सडक आयोजनामा ज्ञापन पत्र बुझाएका छन् । ब्यवसायी कृष्ण घिमिरेले पैदलयात्रीलाई समेत आवातजावतमा असर पर्ने गरी निर्माण अगाडी बढाइएको भन्दै सुधारका लागि ज्ञापन पत्र बुझाइएको बताए । शुरुमा बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाइएको र उपमहानगरपालिकाको पत्रसहित सडक आयोजनामा ज्ञापन पत्र बुझाइएको घिमिरेले बताए ।