२०८२ चैत्र १५

सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ को तयारी
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १३, शुक्रबार १५:३० गते

बुटवल १३ चैत ।
बुटवलमा सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ को तयारी तीव्र पारिएको छ । चैत १९ गतेबाट हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
सौभाग्य युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको तयारीका बारेमा आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानाकारी गराएका छन् । क्लबका अध्यक्ष सुजु मल्लले प्रतियोगिता सम्पन्न गर्न करीब ४० लाख खर्च हुने अनुमान गरिएको बताए ।
सिद्धेश्वरी खेलमैदान, दीपनगरमा सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा करिब ४५ हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिनेछन । गतवर्ष झरना स्पोर्टिङ क्लब विजेता रहेको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष पदम बहादुर गाहा, रुपन्देही फुटबल संघका पूर्व सचिव दिपक गुरुङ, सौभाग्य टिम कोच प्रदिप आचार्य, म्याच कमिश्नर बिष्णु पौडेल, बिस पचहत्तर युवा क्लबका अध्यक्ष सुरेन्द्र थापा स्वर्गिय प्रचण्ड थैवका सुपुत्र राधव थैवले सामुहिक रुपमा कप अनवरण गरेका थिए ।