२०८३ श्रावण १५
बुटवल , १५ साउन ।
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरमा शुक्रबार सम्पन्न अभिभावक भेलाले चार जनालाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा छनोट गरेको छ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार छनोट गरेका सदस्यहरूमा हुमकान्त लम्साल, अनिलकुमार ठाकुर, महिला सदस्यहरूमा बन्दना पराजुली भुसाल र भावना चालिसेलाई छनोट गरेको छ। शिक्षक अभिभावक सङ्घको अध्यक्षको लागि सीता न्यौपाने सदस्यहरूमा अमृत पाण्डे, गणेशबहादुर कुँवर, दुर्गा शर्मा, ज्योति थापालाई र सल्लाहकार समितिको संयोजकमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं अभिभावक कृष्णप्रसाद खरेल र सल्लाहकार समितिको सदस्यमा अभिभावक नरेन्द्र भण्डारीलाई अभिभावक भेलाले अनुमोदन गरेको छ बाँकी रहेको शिक्षक अभिभावक संघको सदस्य र सल्लाहकार समितिको सदस्य पछि पूर्ति गर्ने भएको छ ।
नवीन औद्योगिक कदरबहादुर रिता मावि विद्यालय व्यवस्थापन छनोट सहयोग समितिका संयोजक बुटवल उपमहानगरपालिका वरिष्ठ शिक्षा अधिकृत कमला चुदालीको संयोजकत्वमा, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री सदस्य र विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत सदस्य रहेको छनोट सहयोग समिति रहेको थियो ।
उक्त विद्यालय व्यवस्थापन छनोट सहयोग समितिलाई सहजीकरण तथा समन्वय गर्नको लागि विद्यालयको कानुन समूहले गरेको थियो। सहजीकरणमा कानुन समूहका इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, अधिवक्ता निशा खरेल र अधिवक्ता निरञ्जना पौडेल रहेका थिए । अभिभावकहरूको नामावली अभिलेखीकरण तथा प्रमाणीकरणको लागि शिक्षकहरू गीता पौडेल, उषा बेलबासे, अम्बिका घिमिरे, गिरिराज गौतम नेत्रप्रसाद खरेल र अनिल आचार्य रहेका थिए । विद्यालय क्षेत्रमा अभिभावकसँग समन्वय गर्नको लागि नवीन स्काउटको पेट्रोलले अगुवाई गरेको थियो। अभिभावकहरू प्रवेश गर्ने एक नम्बर गेटमा कोइली पेट्रोलकि सुर्याङ्सी भुसालले नेतृत्व गरेकी थिइन् । नामावली दर्ता तथा अभिलेखीकरणमा लायन पेट्रोलका दिपु कुसुबाहको टिमले कमाण्ड गरेका थिए। अभिभावक भेलास्थलमा डग पेट्रोलकी सुमित्रा पौडेलको टिमले कमाण्ड गरेको थियो। भने दुई नम्बर गेट बाहिर प्रस्थान गर्ने गेटको कमान्ड क्यारट पेट्रोलका अङ्कित थापा नेतृत्वको टिमले गरेको थियो।



