२०८३ आश्विन २
बुटवल २ असोज ।
नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको दोस्रो नियमित बैठक शुक्रबार राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष प्रकाश शाहको अध्यक्षता तथा महासंघका निवर्तमान प्रदेश अध्यक्ष एवं केन्द्रीय सल्लाहकार बलिभद्र रानाको प्रमुख आतिथ्याामा प्रदेश पूर्वाधार विकास प्राधिकरणको सभाहलमा बैठक बसेको हो ।
बैठकले निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको संगठनात्मक सुदृढीकरण, कार्यालय व्यवस्थापन तथा निर्माण व्यवसायीका हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको छ ।
बैठकमा महासंघको केन्द्रीय सल्लाहकारमा नियुक्त भएका निवर्तमान प्रदेश अध्यक्ष बलिभद्र रानालाई बधाई तथा सम्मान गरिएको छ भने सल्लाहकार र सदस्य मनोनयन गरिएको छ ।
बैकठले नेतृत्व विकास तालिम सञ्चालन गर्ने, प्रदेश कार्यसमितिको कार्यालय तथा ल्याबका लागि स्थान परिवर्तन गर्ने, ल्याब सञ्चालनका लागि समिति गठन तथा बजेट माग समेत गर्ने निर्णय गरेको छ ।
बैठकले महासंघको गतिविधिलाई थप व्यवस्थित बनाउँदै निर्माण व्यवसायीका पेशागत तथा संस्थागत समस्यालाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा उठाउने विषयमा समेत जोड दिएको छ ।
बैठकले सल्लाहकारमा नवराज श्रेष्ठ, देबिलाल न्यौपाने, विमलमान श्रेष्ठ, प्रकाश बस्नेत, कानुनी सल्लाहकार अधिवक्ता प्रेमबहादुर वली, र प्रेस सल्लाहकार दशरथ घिमिरेलाई मनोनित गरेको छ ।
यस्तै बैठकले मानार्थ सदस्यहरूमा मघजंग शाह, शोभाराम भण्डारी, रबिन्द्र नाथ ठाकुर, उज्ज्वल गौतम, गोकर्ण गिरि, छेडिलाल श्रीवास्तवलाई मनोनित गरेको छ ।
त्यस्तै सदस्यतर्फ वस्तुगत सदस्य रमेश थापा, जनजाति सदस्य दिलबहादुर चौधरी र दलित सदस्य मिलन विकलाइ मनोनित गर्ने निर्णय गरेको हो
