२०८१ कार्तिक ६

एमाले नेता पौडेलका वडामा कांग्रेसको जीत
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ६, शुक्रबार ११:१४ गते

बुटवल ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ मा कांग्रेस विजयी भएको छ । यस वडाको अध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी १ हजार ५ सय ३९ मत ल्याएर विजयी भएका छन । यहा नेकपा एमालेका उम्मेदवार ज्ञानप्रसाद अर्यालले १ हजार ५ सय ८ मत प्राप्त गरेका छन । सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । वडा सदस्यहरुमा माओवादीका हरिहर ज्ञवाली, राष्टिय जनमुक्ति पार्टीका तुलवहादुर थापा विजयी भएका छन । ज्ञवाली रुख चिन्हबाट चुनावमा उठेका थिए । महिला सदस्यमा एमालेकी सीता खनाल र दलित महिला सदस्यमा एमालेकी सविता विक विजयी भएकी छिन