२०८१ माघ २३

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ
  • लुम्बिनी खोज
  • २०८० असार १५, शुक्रबार १६:३६ गते

बुटवल, १५ असार ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियारलाई पक्राउ परेका छ । शुक्रबार अपराह्न बानेश्वरबाट उनी पक्राउ परेका हुन् । बाँके जिल्ला अदालतले पक्राउ पुर्जीजारी गरेको आधारमा प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाउने तयारी छ ।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो । उनी ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए ।
तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवार रहेका उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो ।