२०८२ माघ १८

अर्घाखाँचीको पाणिनीमा पहिरोमा पुरिँदा तीन बालबालिकाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० असार १९, मंगलवार १०:२१ गते

अर्घाखाची १९ असार ।
अर्घाखाँचीको पाणिनीमा पहिरोमा पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका–१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए ।

पहिरोमा परेर १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिए । सचिन रास्कोटी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।
लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घर पुरिएको स्थानीयले जानकारी दिएका छन् ।