२०८१ माघ २३
बुटवल,२२ असार ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । शपथग्रहणसँगै नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धनमा रहेको एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । गठबन्धनमा रहेको मुख्य सारथि दल माओवादी केन्द्रबाट भने कोही मन्त्री नियुक्त भएका छैनन् ।
दोस्रो कार्यकालमा ६ महिना नेतृत्व गरेर विश्वासको मत गुमाएपछि प्रतिपक्षमा पुगेका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । शपथग्रहण कार्यक्रममा एमाले दलको तर्फबाट कोही पनि सहभागी भएनन् ।