२०८१ आश्विन ७

नवीनमा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान
  • लुम्बिनी खोज
  • २०८० असार २५, सोमबार १५:३४ गते

 

बुटवल,२५ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगर २०७९ को एसइई तथा टीएसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई विद्यालयमा सम्मान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले उत्तीर्ण सबै विद्यार्थीहरुलाई आफ्नो इच्छा र चाहाना अनुसारको समुहका विषयहरु लिएर पढ्न सुझाव दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा माध्यमिक तह इन्चार्ज कपिल प्रसाद पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य कमला भण्डारी ज्ञवाली, केशवराज पन्थ, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, सिभिल इन्जिनियरिङ कक्षा ९र१० संयोजक ई. गणेश थापा, उच्च अंक प्राप्त गर्ने छात्रा सरगम घिमिरे, पवन पौडेल, शुशान्त खरेल र वर्षा भुसाल लगायतले धारणा राखेका थिए ।
विद्यालयमा २०७९ को एसइइमा साधारणबाट २०३ र प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङमा ४७ गरी दुई सय पचास विद्यार्थीहरु सहभागी भएका थिए ।