२०८१ आश्विन ७

धुर्कोट गाउँपालिका–४ जैसिथोक “एक घर एक धारायुक्त वडा घोषणा”
  • लुम्बिनी खोज
  • २०८० असार २९, शुक्रबार १०:३३ गते

गुल्मी,२९ असार ।
धुर्कोट गाउँपालिका ४ जैसिथोकका ६ सय ६० घरमा खानेपानीको धारा पुगेको छ ।
गुल्मी जिल्लाकै पहिलो लिफ्ट खानेपानी योजना होल्वाङ्ग तथा बाङ्गा जैसिथोक लिफ्टिङ खानेपानी लगायतका ४ वटा आयोजना मार्फत धुर्कोट गाउँपालिका ४ जैसिथोकका ६ सय ६० घरमा खानेपानीको धारा पुगेको हो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जैसिथोक वडालाई “एक घर एक धारायुक्त वडा घोषणा” गरेका छन । अध्यक्ष पोखरेलले भने एक घर एक धारायुक्त वडा घोषणा”गर्नेमा जैसिथोक गाउँपालिकाकै पहिलो वडा हो । हामी निर्वाचनको समयमा खानेपानी तपाईको घर घरमा ल्याउने प्रतिवद्धता दिएका थियौं क्रमश सबै वडामा पुरा गर्ने तयारीमा छौं।” “घर घरमा पानीको धारा आएसंगै नागरिकको दैनिकी मात्रै फेरिएको छैन उनीहरुको समयको बचत समेत भएको छ।”अध्यक्ष पोखरेलले भने ।

“एक घर एक धारायुक्त वडा घोषणा” कार्यक्रम खुसि ब्यक्त गर्दै वडाअध्यक्ष वीर बहादुर कुवँर जोगीले भने लामो समयपछि भएपनी जनताको आवश्यकता पुरा गर्नमा लागि परेका छौं त्यसमा सबै वडाबासीको साथ सहयोग मिलेको छ । खानेपानी ल्याउनका निम्ती अहोत्र खट्ने जनप्रतिनिधि,कर्मचारी,उपभोक्ता समिति लगायत सबैलाई घोषणा कार्यक्रमबाट वडाअध्यक्ष कुवँरले धन्यबाद दिएका छन ।

कार्यक्रममा आनेपानी घरघरमा ल्याउन पहल गर्ने उपभोक्ता समिति,जग्गादाता र कर्मचारीलाई गाउँपालिका अध्यक्ष भुपालले पोखरेलले सम्मानपत्र र दोसलाले सम्मान गरेका थिए ।

“एक घर एक धारायुक्त वडा घोषणा” कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता गिरी , प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी , नयाँगाउँका वडाअध्यक्ष चेतमान कुवँर , धुर्कोट रजस्थलका वडाध्यक्ष कृष्ण बहादुर नेपाली , धुर्कोट ७ का वडाअध्यक्ष लिला बहादुर खनाल,कार्यपालिका सदस्य धन बहादुर वि।क,गोमिता सार्की लगायत जनप्रतिनिधि,कर्मचारी,खानेपानी उपभोक्ता समितिका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । वडासदस्य चुरा बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडासचीव अशोक खनालले गरेका थिए ।