२०८१ कार्तिक ६

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
  • लुम्बिनी खोज
  • २०८० आश्विन ६, शनिबार १२:३४ गते

बुटवल ६ असोज ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच शनिवार भेटवार्ता भएको छ।
हाङचाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समयअनुसार अपराह्न ४ः५० बजे भेट भएको हो। शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।भेटमा प्रचण्डले नेपाल–चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलबीच भेट गर्न पाएको भन्दै खुसी व्यक्त गरे।
सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रबार भेट गरेका थिए। प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसँग पनि भेट गरेका थिए। भेटमा दुई पक्षको हित र खेलकुदका बारेमा छलफल भएको बताइएको छ।