२०८१ आश्विन ६

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार
  • लुम्बिनी खोज
  • २०८० आश्विन ७, आईतवार १३:५४ गते

 

बुटवल ७ असोज ।
बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । अस्पतालमा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको छ । त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । आइतबार यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गरेका छन् ।
कार्यक्रममा वोल्दै मन्त्री खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथामिकतामा राखेको बताए । उनले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिए ।
अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारेमा लिखित जानकारि मन्त्रालयलाई गराउन निर्देशन दिदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा समस्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए ।
मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारि बनाउन निर्देशन दिए ।
कार्यक्रममा अस्पतालका मेसु डाक्टर सुर्दशन थापा, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, नर्सिङ विभाग प्रमुख ज्योति पौडेललगायतले अस्पतालको सेवा तथा अवस्थाका बारेमा जानाकारी गराएका थिए ।