२०८१ श्रावण १२

अमेरिकाको न्यूयोर्कका लागि पर्यटन प्रबर्द्धकमा पत्रकार गोकुल श्रेष्ठ नियुक्त
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १८, शुक्रबार ०७:१२ गते

 

काठमाण्डौं १८ फागुन ।
पत्रकार गोकुल श्रेष्ठ अमेरिकाको न्यूयोर्कका लागि पर्यटन प्रबर्द्धक नियुक्त भएका छन् ।
नेपाल सरकारले पत्रकार गोकुल श्रेष्ठलाई अमेरिकाको न्यूयोर्क राज्यको लागि पर्यटक प्रबर्द्धक नियुक्त गरेको हो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । पर्यटन प्रबर्द्धक पद पर्यटन दूत जस्तै सम्मानित पद हो । सरकारले गत बर्षदेखि पर्यटन दूत नियुक्त गर्न छोडेको छ । श्रेष्ठसंगै सरकारले विभिन्न देशका विभिन्न सहरहरुमा २९ जना पर्यटन प्रबर्द्धकहरु नियुक्त गरेको छ । यही २०८० फाल्गुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट उनी पर्यटन प्रबर्द्धकमा नियुक्ति भएका हुन्। पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ ।
गुल्मीका श्रेष्ठले नेपालमा विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव सगालेर अमेरिका गएका थिए । अमेरिकामा पनि श्रेष्ठ करिब एक दशकदेखि पत्रकारितासहित विभिन्न काममा सक्रिय छन् ।