२०८१ श्रावण १२

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाः फाइनलमा नेपाल र नेदरल्यान्ड्स
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २०, आईतवार १०:०४ गते

 

काठमाडौं २० फागुन ।

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल आइतबार वर्षाले विथोलिदिएको छ । वर्षाले खेल विथोलिदिएपछि फाइनलको समीकरण तय भएको हो । फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे ।
नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । फाइनल मंगलबार हुनेछ ।