२०८१ श्रावण १२

राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २१, सोमबार ०७:०६ गते

काठमाण्डौं २१ फागुन ।
राष्ट्रिय सभाका नवनिर्वाचित सांसदले सोमबार शपथ लिएका छन्। नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज शपथ गराएकी छिन्।
रिक्त हुने सदस्यमा पदपूर्ति गर्न माघ ११ गते चुनाव भएको थियो। यी रिक्त स्थानका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १९ सांसदको पदावधि गएराति १२ बजेदेखि समाप्त भएको थियो।