२०८१ श्रावण १२

प्रधानमन्त्री प्रचण्ड नेपाल निवास कोटेश्वरमा
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २१, सोमबार १७:५३ गते

काठमाण्डौं २१ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेट्न उनको निजी निवास कोटेश्वर पुगेका छन  ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड अध्यक्ष नेपालको स्वास्थ्य लाभको कामना गर्न कोटेश्वरस्थित निवासमा पुगेका हुन । प्रधानमन्त्रीले भेटमा अध्यक्ष नेपालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

भेटमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए  ।