२०८१ फाल्गुन ६
काठमाण्डौं २४ फागुन ।
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्षको रुपमा कायम हुन नसक्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि बिहीबार आयोगले निर्णय गर्दै पार्टीको अध्यक्षमा चौधरीलाई मान्यता दिन अस्वीकार गरेको हो।
चौधरीलाई मान्यता दिन अस्वीकार गरेसँगै तत्काललाई उनकी पत्नी रन्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी छन्। चौधरीलाई अयोग्य ठहर गर्न आयोगले विभिन्न कारण देखाएको छ।