२०८१ कार्तिक ८

जसपाका दुई मन्त्रीद्वारा शपथ
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २७, आईतवार ०७:५३ गते

काठमाण्डौं २७ फागुन ।
जनता समाजवादी पार्टीबाट मन्त्री बनेका दुईजनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई शपथ गराएका हुन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।