२०८१ कार्तिक ८

प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २८, सोमबार ०७:१६ गते

काठमाडौँ २८ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते बुधवार विश्वासको मत लिने भएका छन् । फागुन २१ गते कांग्रेसँगको गठबन्धन तोडेर प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएका थिए । फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाको आगामी बैठक फागुन ३० मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएका छन् ।
संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ । १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।