२०८१ आश्विन ५

शेयर सदस्यलाई सहकारी शिक्षा तालिम
  • लुम्बिनी खोज
  • २०८० चैत्र ३, शनिबार १५:३९ गते

रुपन्देही ३ चैत्र ।
तिलोत्तमा ४ मा रहेको सितारा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै तालिम प्रदान गरेको सहकारीले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै सहकारीका अध्यक्ष मात्रिका ज्ञावलीले शेयर सदस्य मात्रै बनेर बस्ने परम्परा हटाउनका लागि यस्ता किसिमका तालिमहरु प्रभावकारी हुने वताए। उनले सहकारीका सदस्यहरुलाई तालिमले शेयर सदस्य अझै जिम्मेबार हुनको लागि प्रेरणा पुग्ने विश्वास ब्यक्त गरे ।
सहकारीका संस्थापक अध्यक्ष राम बहादुर खड्काले गलत मनसायले सञ्चालन भएका सहकारीमा समस्या भएको बताउदै सहकारीका सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिनु आबश्यक रहेको बताए ।
सहकारीका उपाध्यक्ष रमेश पराजुलीको स्वागत मा भएको तालिममा बुटबल उपमहानगरपालिकाका सहकारी बिभाग प्रमुख गुणखर भुर्तेलले सहजीकरण गर्दै प्रविधि, अनुसन्धान र विकासमा लगानी गर्ने जोखिम व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने भन्ने बिषयमा जानकारी गराएका थिए ।
भुर्तेलले नियामकीय संरचनालाई बलियो बनाउने सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्ने लगायतका बिषयमा छलफल गर्नु भएको शिक्षा समितिका सदस्य कृष्ण बहादुर थापाले बताए।
सहकारीका कोषाध्यक्ष एवं शिक्षा समितिका संयोजक पिताम्बर खनालले सहकारी अभियान र सरकारी निकायका पदाधिकारीहरूको बुझाइमा एकरूपता कायम गर्नको लागी सहकारी शिक्षा प्रशिक्षण तालिम सहकारीले सञ्चालन गरेको बताए ।
२०६४ सालमा स्थापना भएको सितारा बचत तथा ऋण सहकारीमा ७सय ३७ सेयर सदस्यहरु रहेको र ३सय ३१ महिला र अरु बाकी पुरुष रहेको संस्थाका अध्यक्ष मात्रृका ज्ञावालीले बताए ।