२०८१ श्रावण १२

उद्यमशील भलाइकोषद्वारा सहयोग
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन १४, शनिबार १६:५१ गते

बुटवल,१४ फागुन । राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाइकोष बुटवलले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा शनिबार मानवसेवा श्रममा रहेका अभिभावकविहीन नागरिकहरूलाई भोजन खुवाएको छ ।
बुटवलमा भाडामा लिएका दुई भवनमा बस्ने ५५ जना महिला र ६५ जना पुरुषलाई भोजन खुवाइएको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत भलाइकोषले यस्तो कार्य गरेको हो । आश्रमको रूपन्देही संयोजक टिका थापाका अनुसार पूर्वदेखि पश्चिमसम्मका महिला र पुरुष रहेका छन् । तीमध्ये अपांग, बेवारिसे, बोल्न नसक्ने धेरै छन् । केही बच्चा पनि छन् । भोजन खुवाउने कार्यक्रमको सुरुवात गर्दै उद्यमशील भलाइकोषका अध्यक्ष मोहन भुसालले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मानवसेवा आश्रमका अभिभावक शेरबहादुर गौतमले मानवसेवा गर्ने पूण्य कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए । पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जीसीले सञ्चारको क्षेत्रबाट पूण्यकार्यमा सधैँ सहयोग रहने बताए । कार्यक्रममा भलाइकोषका कोषाध्यक्ष माधवप्रसाद श्रेष्ठ र कार्यालय प्रमुख बसन्त श्रेष्ठले आश्रमकै कारण सडकमा रहेका नागरिकले ठूलो राहात र अभिभावक पाएको उल्लेख गरेका थिए ।