२०८१ श्रावण १२

प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक
  • लुम्बिनी खोज
  • २०८० चैत्र २५, आईतवार ०२:४९ गते

बुटवल,२५चैत ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौँमा बस्दै छ । बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिस डाँडामा सुरु भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा पार्टी उपाध्यक्ष तथा प्रवक्ता एवम् प्रेस सेन्टर नेपालका इन्चार्ज अग्नि सापकोटा,  सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव सन्तोष पौडेलले जानकारी दिए  । बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकार, नीति परामर्श समिति सदस्यहरू सहभागी हुनेछन् ।

बैठकले बदलिएको राजनीतिक समीकरण, नेपाल पत्रकार महासङ्घको निर्वाचन, सामुदायिक रेडियो प्रसारक सङ्घलगायतका साझा मोर्चाहरूका विषयमा रणनीति तयार गर्नुका साथै सङ्गठनको विधान र आगामी रणनीति र योजनाका विषयमा छलफल हुने बताइएको छ ।