२०८१ श्रावण १२

संघीय नजिामती ऐन आउँछः मन्त्री जोशी
  • लुम्बिनी खोज
  • २०८० चैत्र २८, बुधबार १४:०५ गते

बुटवल, २८ चैत ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सुशासन र संघीयता बलियो बनाउन आफू प्रतिबद्ध भएर लागेको बताएका छन् । नेकपा एकीकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटपछि बुधबार बोल्दै मन्त्री जोशीले आफू संघीयतालाई बलियो बनाउन र सुशासन कायम गर्ने गरी जिम्मेवारीमा खटिएको बताएका हुन ।
उनले अहिले सुशासन कायम गर्दै संघीयतालाई दीगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए । ‘तीन तहलाई समन्वयन गर्दै सुशासन कायम गर्दै जनतालाई राहात दिने कुरामा ध्यान दिएको छु’ उनले भने । उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी रहेकाले अहिले आफू कर्मचारी व्यवस्थापनका लागि आवश्यक नीति नियम बनाउने काममा खटिएको समेत बताए ।
मन्त्री जोशीले संघीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जादा ठूलो उपलब्धी हुने बताए । उनले देशभरका निजमती सेवामा रहेका कर्मचारीहरुको व्यवस्थापन गर्ने काम हुँदा ठूलो उपलब्धी हुने बताए । ‘संघीय नीजामती ऐन छलफल गरेर संसदबाट पारित हुन्छ, यसले देशभरका कर्मचारीहरुको व्यवस्थापन सहज हुनेछ’ मन्त्री जोशीले भने । उनले स्थानीय र प्रदेश तहको समेत कर्मचारी समायोजन लगायतका कार्यहरु गर्ने बताए । मन्त्री जोशीले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागि परेको बताए ।
यसैविच नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री जोशीलाई रुपन्देही जिल्ला कमिटिले स्वागत गरेको छ । जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादवले पार्टी कार्यालय बुटवल देविनगरमा स्वागत गरेका हुन् । उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशका सांसद भगवती अधिकारी, केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश सचिवालय सदस्य कमल भण्डारी, नेताहरु चिनबहादुर गुरुङ, रुक्माङगत घिमिरे, भिम पोख्रेल, हरी पहारी, शारदा पहारी, शेरधन गुरुङ, छवि भट्टराई, लोकराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।