२०८१ श्रावण १२

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३, सोमबार ०९:०८ गते

काठमाडौ, ३ बैसाख ।

नेपाल समाजवादी पार्टी (नेसपा०)का केन्द्रीय राजनीतिक समितिका सदस्य  विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । पाण्डे डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।

सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् । सोमबार बिहान उनले नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए ।