१८ बैशाख २०८१, मंगलवार

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
  • लुम्बिनी खोज
  • ५ बैशाख २०८१, बुधबार ०८:३३

बुटवल,५ बैशाख ।

प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार गरेको मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका लामा फरार थिए । उनलाई तत्कालीन पुनरावेन अदालत पाटनले २०६४ सालमा दोषी ठहर गरेको थियो ।

अहिले पक्राउ गरेपछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।