२०८१ श्रावण १२

कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ११, मंगलवार ११:२४ गते

बुटवल, ११ बैशाख ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलले केन्द्राध्यक्षहरुलाई कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्ला परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देहीको परीक्षा केन्द्र ७७ वटै जिल्लाले अनुकरण गर्ने खालको बनाउन निर्देशन दिए । उनले एसइइको परीक्षाको समग्र परीक्षाको विभिन्न सूचकको आधारमा उत्कृष्ट केन्द्रलाई सम्मान गर्ने र परीक्षाको व्यापक समिक्षा गर्ने धारणा राख्दै कक्षा १२ को बोर्ड परीक्षामा अनलाइन प्रश्नपत्र पठाएर केन्द्राध्यक्षलाई बढी तनाव सिर्जना गर्ने हुदा भौतिक रुपमा राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र व्यवस्था गर्नु पर्ने धारणा राखे ।
राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले परीक्षा पूर्व गर्ने कार्यहरुमा इन्टरनेट, ल्यापटप, प्रिन्ट, फोटोकपी नजिकको सुरक्षा निकायसंग समन्वय टिप्लीकेट प्राप्ती, रुजु, मूल र थप उत्तरपुस्तिका परीक्षार्थी संस्था अनुसार एकिन गर्ने विषयमा जानाकारी गराएका थिए । उनले ७.१५ मा परीक्षाकेन्द्रको गेट खोल्ने ७.३० मा परीक्षार्थीलाई चेक गरी कोठामा प्रवेश गराउने, मोबाइलफोन, स्मार्ट घडी र अन्य इलेक्टोनिक्स डिभाइस निषेध गर्ने र परीक्षा अवधीमा गर्ने कार्यमा ८ बजे प्रश्नपत्र वितरण गर्ने ८.१५ बजेपछि आउने परीक्षार्थीलाई प्रवेश गर्न नदिने र परीक्षा प्रश्चात गर्ने कार्यहरुमा उत्तरपुस्तिका सिरियल मिलाउने, उत्तरपुस्तिका प्याकिङमा २५० को थैलो बनाउने नियमित परीक्षार्थीको प्याकेट, नयाँ पाठ्यव्रmम अनुसार ग्रेड वृद्धि परीक्षार्थीको प्याकेट र पुरानो पाठ्यक्रम अनुसार ग्रेडवृद्धि परीक्षार्थीको प्याकेट छुट्टाछुट्टै बनाउने प्याकेट कन्टेन्ट र प्रश्नपत्र अनिवार्य राख्ने लगायतमा सहजीकरण गरेका थिए ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार जिल्ला परीक्षा समन्वय समिति रुपन्देहीका सदस्य सचिव एवं शिक्षा विकास तथा समन्वयन इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले कक्षा १२ को परीक्षामा क्ष्ऋत् को बढी प्रयोग हुने भएकोले व्यवस्थित एवं होसियारी पूर्वक कार्य गर्नका लागि निर्देशन दिए । कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट कालिका मानवज्ञान मा।वि।का प्रधानाध्यापक दिनेश थापाले धारणा राखेका थिए।
रुपन्देहीमा कक्षा १२ को परीक्षाको लागि ६० वटा परीक्षा केन्द्रहरु कायम गरिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत बाबुराम भण्डारीको सञ्चालन र शाखा अधिकृत तारा पाण्डेयले स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त अवसरमा जिल्ला परीक्षा समन्वय समिति रुपन्देहीका सदस्य शसस्त्र प्रहरी उपरीक्षक आनन्द थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट र कालिका मानवज्ञान मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, शिक्षक अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलगायतको सहभागिता रहेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।