२०८१ श्रावण १२

गर्मी बढेपछि बुटवलका विद्यालयमा २ दिन विदा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १९, बुधबार १४:४८ गते

बुटवल १९ बैशाख ।
केही दिन यता लगातार गर्मी बढेपछि बुटवलका विद्यालयहरुमा २ दिनका लागि विदा दिइएको छ । बुटवल उपमहानगरपालिकाका प्मुख प्रशासकिय अधिकृत मित्रमणी खनालका अनुसार विद्यालयहरुले गर्न पाउने वार्षिक विदाबाट कट्टी हुने गरी यही बेशाख २० र २१ गतेका लागि विदा दिइएको छ ।
केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा पनि चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गंभिर असर पर्न सक्ने संभावना देखिएको भन्दै विदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ । कक्षा १२ का परिक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।