२०८१ श्रावण १२

मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २८, शुक्रबार १२:१० गते

बुटवल, बैशाख ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन ।

मन्त्री शर्माले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०, २४, ३१२ ९करिब एक अर्ब २० करोड रुपियाँ० बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन।
यसैगरी, इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८३४ रुपियाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका साथै बैठकले अन्य २५ वटा निर्णय गरेको छ ।

निर्णयहरू-2080.01.28