२०८१ श्रावण १२

कांग्रेसको अवरोधपछि जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १, मंगलवार १३:०३ गते

राष्ट्रिय सभाको बैठकसमेत स्थगित
काठमाडौँ १ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले जेठ ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको आजको बैठकसमेत स्थगित भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि ‘धन्यवाद प्रस्ताव’ पारित गर्नका लागि मंगलबार साँझ बसेको प्रतिनिधि सभा बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो ।
सभामुखले बैठक सुरु भएको बताउनासाथ कांग्रेस सांसदहरू दौडिएर सभामुखको आसन घेर्दै नाराबाजी थालेका थिए । उनीहरूले सहकारी ठगलाई कारबाही गर्नुपर्ने, संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद्मा नाराबाजी गरे ।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।