२०८१ श्रावण १२

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ८, मंगलवार १४:५० गते

काठमाण्डौ ८ जेठ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी गरिएको छ। सिरोहियाले आफूलाई प्रतिशोध साध्दै पक्राउ गरिएको बताएका छन्।सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले प्रक्राउ गरेको बताएका छन् ।
प्रहरीले कान्तिपुर मुख्यालाय थापाथलीस्थित कार्यकक्षबाट मंगलबार साँझ प्रक्राउ गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सहकारी गठी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको बताए । ‘यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकताकाण्डमा होइन । सहकारीको ठगीकाण्डको विरुद्ध समाचार लेखेकोमा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’
उनले सरकार र गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाएको समेत बताए ।