२०८१ श्रावण १२

नवीनमा तेक्वान्दो खेलाडीको पेटी परिक्षा
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १५, मंगलवार ११:२६ गते

बुटवल १५ जेठ ।
नवीन औद्योगिक तेक्वान्दो डोजाङ देवीनगर बुटवलमा डब्लुटीएफ तेक्वान्दो खेलाडीहरुको पेटी परिक्षा लिइएको छ ।
नवीन औद्योगिक तेक्वान्दो डोजाङका प्रशिक्षक गणेश बहादुर कुँवरका अनुसार ५३ जना खेलाडीहरुको पेटी परिक्षा लिइएको छ ।
पेटी परिक्षामा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य राम बहादुर सुनार मुख्य निर्णयक रहेका थिए । कार्यक्रममा नवीनका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, नवीनका शिक्षक मुकेश पोखरेल लगायतको उपस्थीति रहेको थियो ।पेटी परिक्षामा विभिन्न चरणका खेलाडी सहभागि थिए । प्रशिक्षक गणेश बहादुर कुँवरले एल्लो बेल्ट देखि हाफ ब्ल्याकसम्मको परिक्षा लिइएको बताए । विहान र साझको समयमा विद्यार्थीहरुलाई तेक्वान्दोको प्रशिक्षण दिने गरिएको प्रशिक्षक कुँवरले बताए । खेलाडीहरुको विभिन्न समयमा पेटी परिक्षा लिदैं आइएको भन्दै उनले यहा प्रशिक्षण लिएका खेलाडीहरुले विभिन्न प्रतियोगिताहरुमा पदकहरु जित्ने गरेको पनि बताए ।