२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सरकारको १९९ बुँदे नीति तथा कार्यक्रममा के छ ?
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २१, सोमबार १७:४३ गते

बुटवल २१ जेठ ।
लुम्बिनी प्रदेश सभामा लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१–८२ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार १९९ वुद्धे नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा प्रदेशको विकासका लागि विभिन्न विषयलाई अगाडी सारिएको छ ।
घोराही, लुम्बिनी, बुटवल र नेपालगन्जमा सामुदायिक शिशु स्याहार केन्द्रको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने कुरा देखि २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने गरी १० वर्षे रणनीति बनाउने सम्मका विषय उल्लेख गरिएको छ ।
‘किसानको हात, प्रदेशको साथ’ नारा दिएर उत्पादनमा आधारित अनुदान दिने, प्रविधिमार्फत कृषिको बजारीकरण गर्ने, बुद्ध पर्यटकीय मार्ग लुम्बिनी–ढोरपाटन–दुनै–जुम्ला–खलंगा–रारा–काँक्रेविहार–कोलपुर–लुम्बिनीको सम्भाव्यता अध्ययन गर्ने तथा अन्तरप्रदेश समन्वय गर्ने, नयाँ निर्माण हुने सडकलाई अपांगमैत्री बनाउने, रामपुर–कपुरकोटलाई स्तरोन्नति गर्ने, दाङको कोइलावास नाकामा खानेपानी विशेष कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
हिमाली र पहाडी जिल्लाका लागि सुत्केरीको उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने, एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश छ।

Mananiya Pradesh Pramukh Amik Sherchan 2081 (1)