२०८१ आश्विन ६

२२०० विन्दुमाथि बन्द भयो नेप्से, ७ अर्ब रुपैयाँको कारोबार
  • लुम्बिनी खोज
  • २०८१ असार २७, बिहीबार १२:५४ गते

 

बुटवल २७ असार ।
आज सेयर कारोबार मापक नेप्से परिसुचक २९.२१ अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन १.३४ प्रतिशतले बढेको सेयर बजार २२०४.६१ विन्दुमा पुगेको हो ।
आज बिहिवार कुल २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर खरिदबिक्रि भएको छ । ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ कारोबार भएको छ । कुल १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो । कुल ११ कम्पनीको मूल्य स्थिर रह्यो ।