२०८१ कार्तिक २

उपसमितिद्वारा सहयोग हस्तान्तरण
  • लुम्बिनी खोज
  • २०८१ असार २७, बिहीबार १३:२२ गते

 

बुटवल २७ असार ।
रुपन्देही व्यापार संघ अन्तर्गतको कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिद्वारा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल ४ संगमपथ स्थित ज्ञवाली गिफ्ट पसलमा यही असार २१ गते राति आगलागी भई पूर्ण रुपमा नष्ट भएकोले उपसमितिले सहयोग स्वरुप सहयोग रकम हस्तान्तरण गरेको हो ।
संघको सचिवालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले ज्ञवाली गिफ्ट पसलका प्रोप्राइटर रमेश ज्ञवालीलाई नगद रु.५० हजार हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले सम्पूर्ण व्यावसायीहरुलाई दुःख पर्दा संघले असल अभिभावकको भूमिका निर्वाह गर्दै जाने भन्दै संघले विगतदेखि नै व्यावसायीलाई संकट पर्दा सहयोग गर्दै आएको र यसलाई सदैव निरन्तरता दिदै जाने बताए ।


संघमा आबद्ध कस्मेटिक तथा गिफ्ट व्यावसायीहरुसँगबाट उक्त रकम संकलन गरी सहयोग गरिएको कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमितिका संयोजक सरोज ज्ञवालीले बताए । संघले विगतदेखि नै व्यावसायी कल्याण कोषको स्थापना गरेर सहयोग गर्दै आइरहेको छ ।